“चित्रबहादुर केसीको, बुझिनसक्नुको राजनिती -‘नागरिकता विद्ययेक, खारेज गर, शेरबहादुर देउवा जिन्दावाद !’

“शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउनका लागी गठबन्धन गर्ने मध्येको एक पार्टी रहेको थियो राष्ट्रिय जनमोर्चा । त्यस यता राष्ट्रिय जनमोर्चाले राष्ट्रिय राजनितीमा जस्तो खालको भूमिका देखाउँदै आएको छ दुनिँया चकित परिरहेका छन् ।”

“गठबन्धनमा छ तर राष्ट्रिय जनमोर्चाले आफुलाई प्रतिपक्षी भन्दै आएको छ । अझै रोचक कुरा त के छ भने भने सरकारले ल्याएको एमसीसी , एसपीपी देखी नागरिकता विद्ययेक सम्मको पनि विपक्षमा उक्त पार्टी उभिएको छ तर गठबन्धन आजको आवश्यकता हो भन्ने छोडेको छैन/”।

“कम्तिमा पनि विचार र एजेण्डा मिल्नेहरुका विचमा गठबन्धन गरिन्छ तर सरकारले ल्याएको एजेण्डामा साथ नदिने , विरोध गर्ने फेरी गठबन्धन भने चाहिन्छ भन्ने व्यवहार राष्ट्रिय जनमोर्चाले देखाएको छ । भर्खरै प्रतिनिधीसभाबाट पारित भएको विवादास्पद नागरिकता विद्ययेकको विपक्षमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मत दिएकी छिन् तर गठबन्धन भने जरुरी रहेको उक्त पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भन्न छोडेका छैनन् ।”

“यति सम्मकी पनि गर्न चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा गर्न पछि परेन की सरकारले एमसीसी पारित गरे लगत्तै अध्यक्ष केसीले विज्ञप्तीनै जारी गरी उनको पार्टी गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए तर त्यसको एक हप्ता पनि नपुग्दै फेरी लुुसक्कै गठबन्धनमै सामेल भएका थिए ।”

“करिब करिब एउटा जिल्लामा त्यो पनि सानो संगठनमा मात्रै सिमित भएको राष्ट्रिय जनमोर्चा गठबन्धन नगरी एक सिट पनि जित्न नसक्ने अवस्थामा पुगको छ । एमालेसँग फर्कन गारो हुने , एक्लै चुनाव जित्न नसक्ने , काग्रेस माओवादीका एजेण्डामा साथ दिन पनि नसक्ने यस्तो विरोधाभासमा उक्त पार्टी गुज्रिएको छ ।”

“यस्तो लाग्छ की नागरिकतता विद्ययेक खारेज गर शेरबहादुर देउवा जिन्दावाद भनेको जस्तो व्यवहार चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले गरेको छ । एमसीसी , एसपीपी , नागरिकता विद्ययेक सबैमा उक्त पार्टीले विरोध गरेको छ तर चुनाव जित्नकै लागी गठबन्धन भने चाहिन्छ चाहिन्छ भन्दै कराइरहेकै छ ।”

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी विमतिका बावजुद नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन रहने उनको आरोप थियो ।”

“पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताए । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए ।”

“एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो ।’”

“यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । ‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन ।’ केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए ।”

“नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरे । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए ।

“यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने केसीले बताएका थिए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ ।’

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host