“भीषण वर्षाका बीच,जब जहाजले ओभरसुट गर्‍यो …(भिडीयो)

“काठमाडौं । बिहीबार राति १० बजेतिर त्रिभुवन विमानस्थल आसपास भीषण वर्षा भइरहेको थियो । वर्षाका बीच सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्सको मल्टिइन्जिन जहाज बोइङ ७३८ करीब १० बजे अवतरणको तयारीमा थियो । ‘रनवे ०२’ तर्फबाट अवतरणको प्रयासमा रहेको जहाज अन्तिम समयमा ओभरसुट गर्‍यो र पुनः आकासमै उड्यो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाज ओभरसुट हुनुमा ‘भिजिबिलिटी’ भने कारण थिएन । ‘यो मोडलको जहाजलाई ११ सय मिटर भिजि बिलिटी पर्याप्त हो,’ स्रोतले भन्यो, ‘यो जहाज अवतरण गर्दा त्रिभुवन विमानस्थल कन्ट्रोल टावरले ३ हजार मिटर भिजि बिलिटीको रिपोर्ट दिएको थियो ।’

“विमानस्थलका एक प्राविधिकका अनुसार यो जहाजले ओभरसुट गर्नुमा जहाज अवतरणका दौरान ‘हाइड्रोप्लानिङ’ हुन सक्ने जोखिम टार्नु हो । धावन मार्गमा भीषण वर्षा भएको समयमा तीव्र गतिमा रहेको जहाजको पाङ्ग्रा एक्कासी पानीको सम्पर्कमा आउँदा चिप्लिने सम्भावना हुन्छ ।

“ठूलो पानीका कारण टायरले सतहसँग सम्पर्क गुमाउन जाँदा टायर चिप्लिने सम्भावना हुन्छ । सोहीकारण पाइलटहरुले जहाज अवतरणका दौरान यो जोखिम लिन नचाहने ती प्राविधिकले बताए । जहाज १० मिनेटमै पुनः अवतरण गरेको थियो ।”

“जहाज उडाइरहेका पाइलटले प्रोफाइल नै २ सय फिट माथि राखेर आएका थिए, ती प्राविधिकले भने, ‘नर्मल प्रोफाइलमा नआएको जहाज ल्याण्ड नगर्ने मानसिकतामै भएका कारण ओभरसुट गरिएको थियो ।’ भिडीयो हेर्न लिंक क्लिक गर्नुहोस”भिडियो हेर्न यहाँ थिच्नुहोस

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host