डा. केसीको अवहेलना मुद्दामा पेशी फागुन १५

काठमाडौँ, ८ फागुन (रासस) : अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ ।

डा. केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा. केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा. केसी आज अदालतमा हाजिर हुन आउनुभएको हो ।

अदालतले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host