दोषीलाई कारवाही गरी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग

पोखरा–लेखनाथमनपा–१४ स्थित विजयपुर खोलापुलमा फेला परेको बमकाबारेमा समाचार सङ्कलनकालागि गएका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत् प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्र्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।
अधिकारकर्मीहरूले फागुन ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा कानुनहरूले स्वतन्त्रतापूर्वक पेशा व्यवसाय सञ्चालन गर्न पाउने, बिना रोकतोक आवतजावतगर्न पाउने अधिकार सुरक्षित गरेको हुँदा दोषीलाई पहिचान गरी घटनामा संलग्न कानुनी दायरामा ल्याई घाईतेहरूको निशुल्क उपचारको ब्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।

बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ वराल,शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णु प्रसाद वराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयका संयोजक शिव खकुरेल, मानवअधिकार एलाईन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की जानकी शर्मा र मानवअधिकार रक्षक संरक्षण तथा प्रबद्र्धन केन्द्र कास्कीकाअध्यक्ष सरला कुमारी पाण्डेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिना अवरोध समाचार सङ्कलनगर्न पाउने सञ्चारकर्मीको अधिकारको सम्मान गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन समेत सबै पक्षसंग अनुरोध गरिएको उल्लेख गरिएको छ ।
साथै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घटनामा घाईते भएका पत्रकार घनश्याम पाण्डेलाई आर्थिक सहयोग समेत गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले फागुन ८ गते नै गण्डकी शिक्षण अस्पतालमा उपचाररत् पीडितलाई अस्पतालमै भेटी पाँचहजार रुपियाँप्रदान गरी घाईतेको अवस्थाकाबारेमाजानकारी लिएकाथिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host