काठमाडौँ, ६ चैत (रासस): युुरोपेली युनियनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ को पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगसमक्ष पेश गरेको छ ।
इयूका निर्वाचन पर्यवेक्षण मिसन प्रमुख जेलजाना जोभ्कोले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसमक्ष निर्वाचन पर्यवेक्षण प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
पर्यवेक्षण प्रतिवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन सम्पन्न गर्न इयूलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त समर्थन, उत्प्रेरणा र सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा प्रमुख जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई बधाई दिनुभएको थियो ।