हस्तकला प्रशिक्षण

काठमाडौँ, ७ चैत (रासस): प्रयोगविहीन कपडालाई हस्तकलाका माध्यमबाट विभिन्न कलात्मक सजावट वस्तु बनाउने सीप तथा कलाको विकास गरी युवा सशक्तीकरण गर्ने उद्देश्यले २७ युवालाई प्रशिक्षित गराइएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागद्वारा गत फागुन २५ गतेदेखि आयोजित कपडाको फ्लावर भास बनाउने प्रशिक्षण कार्यक्रममा ५० भन्दा बढी वस्तुृ निर्माण गरिएको छ । काठमाडौंँको चागलस्थित जिल्ला शिक्षा कार्यालय भवनमा १० दिनसम्म सञ्चालित उक्त प्रशिक्षणको मंगलबार भएको समापन समारोहमा वरिष्ठ हस्तकलाकर्मी उर्मिला उपाध्याय गर्गले तालीममा प्रशिक्षार्थीले सिकेका कला तथा शैलीलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकेमा आयस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला क्षेत्रको विकास तथा कलाकारका सिर्जनालाई विश्व परिवेशमा प्रवद्र्धन गर्न प्रतिष्ठानले गर्दै आएको कामका बारेमा जानकारी दिनुभयो । प्रशिक्षक नीलम ताम्राकार, प्रशिक्षार्थी विना महर्जन, संयोजक स्मृति चित्रकार र प्रतिष्ठान, हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले हस्तकलाका माध्यमबाट युवाले फुर्सदको समयमा कला सिर्जना गरेमा आयआर्जनमा सहयोग हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host