“माओवादी केन्द्रमा, हरिबिजोग, यस्तो सम्म गर्न पनि पछि परेनन् प्रचण्ड !

“महाधिवेशन सकिएको झण्डै एक बर्ष पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी सहित सम्पुर्ण कमिटिलाई पुर्णता दिएको छ । एक बर्ष पछि टुंगो लागेको पदाधिकारीले पनि कार्यकर्तामा कुनै उत्साह संचार गर्न सकेन बरु माओवादी केन्द्र भित्र कति सम्म हरिबिजोग रहेछ भन्ने छताछुल्ल भएको छ ।”

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एकलौटी रुपमा आफु खुशि पदाधिकारी बाँढेका छन् । महाधिवेशनले दिएको अधिकार भन्दै प्रचण्डले गोजीबाट नाम पढेर सुनाएका छन् भने बाँकीले ताली बजाएर अनुमोदन गरेका छन् । प्रचण्डले कति सम्म पनि गर्न परेनन् भन्ने पदाधिकारी चयनमा देखिएको छ ।”

“माओवादी केन्द्र सांगठनिक रुपमा कुन स्तरमा पुगेको रहेछ भन्ने स्पष्ट देखिएको छ । माओवादी केन्द्रका पदाधिकारी जे आउँछ मज्जाले पचाउँछ स्टाइलमा हाजमुलाको विज्ञापन शैलीमा वितरण गरिएको छ । यत्ति सम्मकी उपमहासिचवनै प्रचण्डले ७ जनालाई बनाएका छन् ।

“महाधिवेशनस्थलबाटै नेतृत्व चुनिनुपर्ने लोकतान्त्रिक पद्धतिविपरीत आठ महिनापछि पार्टीको स्थायी कमिटीमा पदाधिकारीको नाम प्रस्तुत गरी सर्वसम्मतिले पारित गराएका हुन् । देव गुरुङलाई महासचिव बनाउने भएपछि उनीभन्दा कनिष्ठलाई उपाध्यक्ष बनाउन नमिल्ने भएकाले विधानमा भएको व्यवस्थाभन्दा फरक सात उपमहासचिव र १०सचिव बनाएर पदको आकांक्षालाई व्यवस्थापन गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।”

“सशस्त्र संघर्ष त्यागेर १६ वर्षअघि बहुदलीय प्रतिस्पर्धामा आएको माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले युद्धकालमा प्राधिकार प्रयोग गरी सर्वेसर्वा भएर पार्टी चलाएका थिए । शान्तिप्रक्रियामा आएको डेढ दशकपछि पनि उनले युद्धकालीन ‘कमान्ड सिस्टम’मै एकल नेतृत्व (सिंगलम्यान लिडरसिप०)चलाइरहेको प्रमाणित गरिदिएका छन् ।”

“११–१८ पुस २०७८ मा काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने विधान पारित गरेको थियो । महाधिवेशन सकिएको भोलिपल्ट बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले पुस १९ गते प्रचण्डलाई अध्यक्ष बनाएको घोषणा गरिएको थियो । आकांक्षी धेरै हुँदा अरू पदाधिकारीबारे निर्णय गर्न सकेको थिएन ।”

“आठ महिना पुग्नै लाग्दा प्रचण्डले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव एक÷एकजना बनाएका छन् । उपमहासचिव सात र १० सचिव बनाउने प्रस्ताव लगेर स्थायी कमिटी बैठकबाट पारित गराएका छन् । प्रचण्डको सचिवालयले ‘पार्टीको महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै अध्यक्ष प्रचण्डले पेस गरेको पार्टी पदाधिकारीको नाम प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको’ जनाएको छ ।”

“अध्यक्ष प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देवप्रसाद गुरुङको नाम प्रस्ताव गरेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपाध्यक्ष महरा यसअघि नै सर्वसम्मत चयन भइसकेका थिए ।”

“माओवादी स्थायी कमिटीले पारित गरेको अध्यक्ष प्रचण्डको प्रस्तावमा सात उपमहासचिव छन् । उपमहासचिव हुनेहरूमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मात्रिकाप्रसाद यादव रहेका छन् ।

“यस्तै, १० सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्रबहादुर कार्की रहेका छन् । कोषाध्यक्ष श्रीराम ढकाललार्ई बनाइएको छ । प्रचण्डले १२५ जनाको पोलिटब्युरो बनाउने पनि बैठकमा प्रस्ताव गरेका थिए ।”

“कम्युुनिस्ट पार्टीको सर्वोच्च अंग महाधिवेशनलाई मानिन्छ । तर, महाधिवेशनबाट तय गरिएको पदाधिकारी पनि बदल्ने निर्णय माओवादी अध्यक्ष र स्थायी कमिटीले गरेको छ । विश्लेषहरुले प्रचण्डको यो भन्दा तल झर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host