“देउवा -प्रचण्डको हर्कतले राष्ट्रपती, भावुक भएको त्यो क्षण, के राष्ट्रप्रमुखको,एक्सन ले प्रचण्ड -देउवा  लाई भारी पर्ला..?

“विवादास्पद नागरिकता विद्ययेकलाई प्रमाणिकरण नगरी राष्ट्रपती विद्यादेवी भण्डारीले सन्देश सहित प्रतिनिधीसभामा फिर्ता पठाए पनि गठबन्धनधारी दलहरुले बहुमतका बलमा पुन जस्ताकै तस्तै विद्ययेक प्रतिनिधीसभाबाट पारित गराएका छन् ।”

“यति सम्मकी राष्ट्रपतीले गम्भिर अध्ययन पश्चात गहिरो छलफल र विमर्शको खाँचो छ भनेर पठाएको सन्देशलाई देउवा प्रचण्ड गठबन्धनले कुनै महत्वको विषय सम्झिएन र सन्देशमा के लेखिएको छ भन्ने समेत हेर्ने , सुन्ने धैर्यता नाराखी संसद भन्दा बाहिरनै बैठक बसी जस्ताको तस्तै पारित गर्ने निर्णय गर्यो ।”

“सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन संसारमै कहिँ नभएको परमादेशबाट प्रधानमन्त्री बनाउँने दर्खास्त लिएर गएको गठबन्धनले पटक पटक राष्ट्र प्रमुखको अपमान गरेको छ । जुन प्रक्रियाबाट पुन नागरिकता विद्ययेक पारित भयो यो बिषयलाई स्वयं राष्ट्रपती विद्यादेवी भण्डारीले पनि निकै गम्भिर रुपमा लिएको बताइएको छ ।”

“नागरिक स्तरबाट गठबन्धन सरकारले राष्ट्र प्रमुखको अपमान गरेको कुरा जोडतोडले उठेकै छ , राष्ट्रपती भण्डारीको पनि भावनामा यो बिषयले गहिरो आघात पुर्याएको र निकै गम्भिर रुपमा यो विषयलाई लिएको बताइन्छ । राष्ट्रपती भण्डारी गठबन्धन सरकारले गरेको अपमान बाट भावुक भएको समेत खबर छ ।”

“नागरिकता विद्ययेक बारे संसदमा छलफल चलिरहँदा राष्ट्रपती भण्डारीले केहि संविधानविद र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग कुराकानी गरेकी थिइन् । राष्ट्रपती भण्डारीसँगको भेटमा सहभागी भएका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सरकारले गरेको अपमानबाट राष्ट्रपती भावुक भएको र झण्डै आँशुनै खसालेको बताएका छन् ।

“मैले सन्देश सहित फिर्ता पठाएको कुरालाई हेर्दै नहेरी गठबन्धनका नेताहरुले आलोचना गरेको र संसद भन्दा बाहिरैबाट तुरुन्त जस्ताको तस्तै पास गर्छु भनेको कुराले ठूलो पीडा बोध गरेकी छु भनेर राष्ट्रपती भनेको डा भण्डारीले सुनाएका छन् । यो कुरा गर्दा गर्दा राष्ट्रपती निकै भावुक भएको र आँखाबाट आँशु खस्न लागेको डा सुरेन्द्रले बताएका छन् ।”

“राष्ट्रपती भण्डारीले मदन भण्डारीको निधनको खबर पनि आफुले टेलिभिजनबाट सुनेको र आफुले सन्देश सहित फिर्ता पठाएको कुरालाई कुनै बहस नगरी जस्ताको तस्तै पास गर्छौ भनेर गठबन्धनले निर्णय गरेको कुरा पनि टेलिभिजनबाटै सुनेकै भन्दै पतिको निधनको खबर बराबरकै पीडा आफु माथी भएको अपमानबाट बोध भएको राष्ट्रपतीले सुनाएकी थिइन् ।”

“मैले पोखराबाट फर्किएर साँझ ७ बजेको समाचार नेपाल टेलिभिजनमा हेरेकी थिएँ , मैलै पठाएको सन्देशलाई हेदैैै नहेरी नेताहरुले जसरी आलोचना गर्नु भयो त्यो देख्दा मदन भणडारीको निधनको खबर टेलिभिजनबाट सुने जत्तिकै पीडा भयो । राष्ट्रपती भण्डारीले भनेकी थिइन् । राष्ट्रपती को भनाइ उधृत गर्दै डा सुरेन्द्रले जानकारी दिएका छन् ।”

“संविधान विदहरुसँगको छलफलमा अब आफुले के गर्दा उचित हुन्छ? भनेर राष्ट्रपतीले परामर्श मागेको डा भण्डारीले भनेका छन् । सरकारले राष्ट्रपतीलाई इग्नोर मात्रै होइन इन्सर्ट पनि गरेको भन्दै डा भण्डारीले जस्ताको तस्तै फेरी पारित भएर आएको विद्ययेकलाई प्रमणिकरण नगर्न आफुले सुझाव दिएको उनले बताएका छन् ।”

“विद्ययेक प्रमाणिकरण नगरी नागरिक समक्ष मत माग्न सक्ने अधिकार राष्ट्रपतीसँग रहेको सुझाव आफुले दिएको डा भण्डारीले भनेका छन् । संविधानको एउटा धारालाई मात्रै हेरेर राष्ट्रपतीको अधिकार व्याख्या गर्न नसकिने भन्दै उनले सिंगो संविधाननै मृत हुन लागेको बेलामा धारा ११३ को ४ को मात्रै व्याख्या गरेर सिंगो संविधान नबुझिने धारणा उनले राखेका थिए ।”

“राष्ट्रपतीलाई आफुले दिएको सुझाव बारे सुनाउँदै डा भण्डारीले यो बेलामा राष्ट्रपतीले हिम्मत गर्ने हो भने नागरिकता विद्ययेकलाई होल्डमा राख्ने त्यस पछि महाअभियोग लगायताका कुरा आउँन सक्छन् त्यसको सामना गर्न तयार रहने या १५ दिन सम्म होल्ड गरेर १६ औँ दिनमा राजिनामा दिँदा राम्रो हुने सुझाव आफुले दिएको बताएका छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host