“नेता गिरिको नि’धनले प्रधानमन्त्री, देउवा स्तब्ध, सच्चा र असल, नेता गुमाएको भनाइ,

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको नि’धनको निकै स्तब्ध बनाएको बताउनु भएको छ । उहाँको नि’धनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले बताउनु भएको छ ।”

“सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।”

“आज पशुपति आर्यघाटमा दा’ह संस्कार“”समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरिको शनिबार राति ७५ वर्षको उमेरमा नि’धन भएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरि पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए। भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो। त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।”

“नेता गिरिको नि’धनबाट स्तब्ध र मर्माहत भएको भन्दै कांग्रेसले शनिबार राति शो’क विज्ञप्ति निकालेको छ। ‘गिरिले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने छ’, विज्ञप्तिमा लेखिएको छ।”

“गिरिको पा’र्थिव शरीर आइतबार बिहान ११ः३० देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। त्यसपछि अ’न्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने भएको छ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host