“मुद्धाका कारण चर्चामा, अभिनेत्री एम्बर,थपिन् दुई वकिल”

“हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका, कारण चर्चामा छन् । यो मानहानीको मुद्धामा एम्बर पराजित भइसकेकी छन् र उनले जरिवमानाका रुपमा १० मिलियन डलर जोनीलाई दिनुपर्ने आदेश अदालतले दिइसकेको छ ।”

“अहिले भने यो विषयमा नयाँ खबर बाहिर आएको छ । समाचारअनुसार एम्बरको, मुद्धामा पैरवी गर्नका लागि उनले वकिलको नयाँ टिम हायर गरेकी छन् । एम्बरका प्रवक्ताले अभिनेत्रीले डेविड एल एक्सलर्ड र जे वार्ड ब्राउनलाई आफ्नो वकिल टिमको नेतृत्व गर्न हायर गरेकी हुन् ।”

“यस कार्यमा एम्बरको पुराना वकिल बेन रटेनबार्नले नयाँ वकिललाई सहयोग गर्नेछन् । अभिनेत्रीले आफ्नो मुद्धामा पैरवी गरिरहेका वकिल, एलाइन ब्रेडहार्डलाई हटाएकी छन् । जोनीको तर्फबाट पेस भएका एक साक्षीले एम्बरको पुरानो वकिलले उनको पैरवी ठिक ढंगले नगरेको आफूले देखेको बताए ।”

“जोनी र एम्बरको भेट सन् २००९ मा भएको थियो । यसपछि उनीहरुले सन् २०१५ मा विवाह गरे । यो विवाह एक वर्षसम्म मात्र चल्यो र सन् २०१७ मा उनीहरुमा उनीहरु अलग्गिएका थिए । त्यसपछि, एम्बरको एक लेखमाथि जोनीले सन् २०१८ मा मानहानीको मुद्दा हालेका थिए ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host