प्रदीप गिरि नेपाली राजनीतिको, तारा हुनुहुन्थ्योः जनार्दन शर्मा”

“काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कांग्रेसका दिवंगत नेता प्रदीप गिरि नेपाली राजनीतिको ‘तारा’ भएको बताएका छन्।”

“शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका गिरिलाई श्रद्धाञ्जली, दिन पुगेका अर्थमन्त्री शर्माले उनको राजनीतिक जीवन निष्ठावान भएको बताए।”

‘उहाँ एउटा नेपाली राजनीतिको तारा हुनुहुन्थ्यो,’ शर्माले भने, ‘उहाँको राजनीतिक, जीवन निष्ठावान र राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँ लोकतन्त्र र समाजवादको ब्याख्याता पनि हो।’गिरिले माक्सर्वाददेखि लोकतन्त्रसम्मका सबै विशेषताको ज्ञान लिएको उनले तर्क गरे।”

‘उहाँले माक्सर्वादेखि लोकतन्त्रका सबै विशेषताहरुको ज्ञान लिनुभएको थियो। उहाँले जीवनपर्यत्न निष्ठावान राजनीति गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रको जुन कुरा गरिएको छ,’ शर्माले अघि भने, ‘त्यसको राम्रो ब्याख्याता हुनुहुन्थ्यो, उहाँको देहान्तले नेपाली राजनीतिमा अपुरणिय क्षति भएको छ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host