‘प्रेमगीत ३’मा जोडिए बलिउड गायक, जुबिन नौटियाल पनि, टिजर हेरेपछि, मात्र रेकर्ड गराए यस्तो रोमान्टिक गीत”

“बलिउडका चर्चित गायक जुबिन नौटियालले प्रेमगीत ३’को लागी रोमान्टिक गीत रेर्कड गराएका छन् । शुक्रबार मुम्बईस्थित उनकै स्टुडियोमा ‘कोही ना कोही नाता हे‘’ गीतमा नौटियालले स्वर दिएका छन् । अमर मोहीद्वारा संगीतबद्ध उक्त गीतलाई फिल्मको हिन्दी संस्करणका निर्माता सुवास कालेले लेखेका हुन् ।”

“यसो त हिन्दी ‘प्रेमगीत ३’मा गीत गाउन नौटियाल एक्ला बलिउड स्टार भने होइनन्, यो सूचीमा अंकित तिवारी, पालक मुछाल, राहत फत्तेअली खान र देव नेगीले यस अघि गाइसकेका छन् । टिजर हेरेर कन्भिन्स भएपछि मात्र नौटियाल गीत गाँउन तयार भएको बताइएको छ । नौटियालले गाएको गीत सोमबार रिलिज हुने छ ।”

“हिन्दी संस्करणमा चार गीत समावेश भएको निर्देशक तथा निर्माता सन्तोष सेनले जनाए । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहित विश्वभर रिलिजको तयारीमा छ ।”

“यस अघि फिल्मका दुई टिजर सार्वजनिक भइसकेका छन् । जुबिन नौटियालले बलिउडमा ‘रात लम्बियाँ’ सहित बीर सिंह’को हिट ट्रयाक ‘तुझे कित्ना चाहें और हम’, मर्जाबन फिल्मका ‘किन्ना सोना’ र ‘तुम ही आना’ गाइसकेका छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host