“धरानका मेयर हर्क साम्पाङ लाई प्रदेशबाट, छबिलाल  सुबेदीको,  खुल्ला पत्र,

“नमस्कार हर्क सर ,  तपाईँ र मेरो प्रत्यक्ष रुपमा भेटघाट नभए पनी म,तपाईँ सामाजिक अभियन्ता र बुलन्द आवाज बुलन्दित  गर्दै गर्दादेखीको प्रशंसक र शुभचिन्तक हुँ । अहिले त छिमेकि नै भन्दा पनी केहीँ फरक नपर्ला! सर, तपाईँ जुन दिनबाट आफ्नो हरेक आकंक्षाहरुलाई थाती राखी देश र जनताको पक्षमा वकालत गर्न थाल्नु भयो नी त्यत्ति बेलाबाट नै म लगायतका प्रशंसकले तपाई लामो रेसको घोडा हो लक्ष्यमा अवस्य पुग्नु हुनेछ भनी अनुमान गरेका थियौं । नभन्दै हजुर यो स्थानमा आउनु भयो।

“झलझली याद आएको छ हर्क सर तपाईलाई विभिन्न कार्यलयमा छिर्न नदिएको, प्रहरीले लछारपछार पारेको अनि पार्टिका केहीँ मानिसहरुले प्रहार गरेको । तपाईको संघर्ष १४ बर्ष जेल बसेर आउँले र बन्दुक पड्काएर आउनेको भन्दा कम  छदैछैन ।  अभियन्ता हुँदा प्रहारहरु कडा दिदा आवाज अझ बुलन्दित हुन्थिए भन्नेमा कुनै संका नै छैन ।

“हर्क सर , तपाईं अभियन्ता बनेर बेथितिको विरुद्दमा लड्दै गर्दा पुर्बका केहीँ मानिसहरुले मात्र चिनेका थिएँ । लोकप्रियता खासै थिएन , सुनुवाई फिटिक्कै हुन्न थियो । झन् सुनसरी जिल्लाको धरान उपमहानगरपालिका जस्तो सहरको मेयर पदमा उमदवारी दिदैं गर्दा पार्टिका नेता र तिनका कार्यकर्ता र केहीँ अन्य विरोधीहरुले त खिसिटिउरी अधिक नै गरेका थिए।

“चुनावको माहोल बन्दै गएसी  लौरोको चर्चा हुन थाल्यो अनी बल्ल मानिसहरुले पहिचान गर्न थाले साम्पाङमा पनी  क्षमता अब्बल नै छ भनी । मुख्य कुरा मिडियामा मेयरको  उमेदवारी प्रचार असरल्ल आए पश्चात धराने जनताले तपाईलाई पढ्न थाले नि एजेण्डा सहि लागेसी अन्यबाट भएको धोकालाई तपाईप्रतिको आशामा मत दिए र तपाईं धरानको मेयर पदमा विजयी हुनुभयो ।

“तपाईको विजयसँगै सारा दुँनियाले तपाईँबारे थाहा पाए र त्यस्तै क्षमता देखी समर्थन समेत गरें र अहिले पनी गर्दैछौं तर पछिल्लो समयमा आएका तपाईका अभिव्यक्ति  र  केहीँ त्यस्ता कृयाकलापले गर्दा समर्थकहरु  विक्षिप्त छौं भने विरोधीहरुलाई आलोचनाको झन् मसला भएको छ । तपाइँ जस्तै अठोटका साथ देशको राजधानी काठमाण्डौं महानगरपालीकामा बालेन्द्र शाह सर पनी विजयी हुनु भयो । मिसन , भिजन एकै छ तर तपाईहरुको घोचपेच भने पुरानै दलका नेताहरुको झैं देखिन्छ ।

“घोचपेच गर्नाले क्षणिकलाई केहीँ नतिजा आवेगसँगै आउला तर यसको असर दिर्घकालिन अवस्थामा कयौं स्वतन्त्रमा उठ्नेहरुको निम्ती घात अवश्यपनी हुनेनै छ । त्यसैले गर्दा दुर्घन्धीत राजनितिमा तपाईँहरु पनी दुर्घन्ध फैलाउन तर्फ नलागी कसरी सफा गर्ने अनी देश र जनताको स्तर अघाडी बढाउने भन्ने कुराको अध्ययन गरी एकै काँध भएर सत्कर्म गर्नुपर्दछ ।

“अहिले सम्म देश विकास नहुनुको कारण अनि जनताको जिवनस्तर  न उठ्नुको कारण खोजी समाधान तर्फ मिलेर अघाडी बढ्नुस् , लौरा लौरा जुध्ने हैन ! भ्रष्टाचार गर्ने हृदय पत्ता लगाई लौराले टाउकोमा बजारी निर्मुल पारी जनताको समर्थन लिने हो। हर्क सर , पुराना नेताको कुरा सुनी हितैसीहरुलाई नानाथरी पेच पार्नेकामले तपाईलाई क्षणिक रुपमा आन्दोलित तुल्याउला तर तपाईको त्यो उचाई र साखमा भने अवश्य गिराहट शुरुवात भएको छ ।

“तपाइँको नै भनाइलाई सापटी लिदा विरोधलाई आत्मसाथ गरी सत्कर्म गर्न नडगमगाउनु होला । सामाजिक संजाल र मिडियाले कतिबेला भुँईको मान्छेलाई  उचाईमा पुर्याउने र उचाईको मान्छेलाई भुँईमा पुर्याउने अत्तोपत्तो नै हुन्न त्यसैले गर्दा संजाल र मिडियामा लेख्दा अनि बोल्दा मर्यादालाई ख्यालमा  राखी सत्कर्म तर्फ लागिनै रहनुहोला ।

“यो खुल्ला पत्रले तपाईँलाई खासै असर नपर्ला तर पनी समर्थकको सुझाव मानी गलत भएका ठाउँमा सुधार्दै दैनिक कार्य गर्नुहोला । मेरो आशय के हो भने तपाईँ संजालमा घोचपेच गर्नको निम्ती हैन  विभिन्न कार्य योजना बनाई कार्यन्वयन गर्ने पदमा हुनुहुन्छ त्यसैले पाएको पद र अधिकारलाई अन्य कुरामा समय खेर नफाली सत्कर्म गर्नुहोस् त्यसैमा भलाई हुनेछ । जहाँसम्म लाग्छ मतदाताले पनी यस्तै कल्पना गरेका छन् तर भन्न मात्रै सकेका छैनन्। यसैलाई मध्यनजर मान्दै अघाडी बढ्नुहोला ।

— तपाईंको शुभचिन्तक

(छबिलाल सुबेदी)

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host