“२०६३ सालमा विवाह, पर स्त्रीसँग, अनैतिक सम्बन्ध अनि २०७९ सालमा, जिबन समाप्त”

“बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले ज्यान लिएको खुलेको छ ।”

“बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृ’त भेटिएका निसीखोला गाउँपालिकावडा नम्बर ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

“विककी श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिरपटले हानी ह’त्या गरि टाउको का’टेर घर नजिकै निसीखोलामा श’व फालेको स्वीकार गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनु भयो ।

“पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउँको का’टेर ह’त्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन् ।

“२०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन् । घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृ’त शरीर भेट्टिए पनि टाउको हालसम्म फेला परेको छैन ।कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

“भिनाजुको ह’त्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताउनु भयो ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host