मुख्यमन्त्री भट्टका आवास निजी घरमा

कैलाली, ९ फागुन (रासस) : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ ।

उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताउनुभयो ।

मुख्यमन्त्री भट्टको आवासको टुङ्गो लागिसकेकाले अन्य मन्त्रीका लागि पनि आवासको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host