नवलपरासीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने

निपोल न्यूज़ सम्बाददाता, नवलपरासीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको अयोजना गरिने भएको छ । नवलपरासी – ९ बर्दघाट–सुस्ता पूर्व गैंडाकोटको नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्नो मौलिक संस्कृति प्रस्तुत गर्नेछन् । महोत्सवमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । विदेशी कलाकारलाई नेपाल भित्र्याउने, नेपालको कला संस्कृतिलाई देश विदेशमा पुर्याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाली मौलिक संस्कृति विदेशी कलाकार मार्फत विश्वभर फैलाउने र विदेशी मौलिक संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा लोक गायक दीपक खड्काले जानकारी दिनुभयो । आफ्नो मौलिक संस्कृति देखाउने र पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण मानिएको छ । मगर, गुरुङ, थारु, तामाङ लगायत नेपालका विभिन्न जातजातिका मौलिक संस्कृतिलाई महोत्सवमा समावेश गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host