आजको राशिफल : २०७९ असार ८ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

२०७९ असार ८ गते,बुधवार, २२ जुन २०२२। आषाढ कृष्णपक्ष नवमी तिथि।उत्तरभाद्रपादा नक्षत्र, १०ः०७ बजेदेखि रेवती। चन्द्रराशि– मीन।आषाढ कृष्णपक्ष (तछलागा) नवमी तिथि, मध्यरात्रीपछि १२:५९ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराभाद्रा नक्षत्र, बिहान १०:०२ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), सौभाग्य

योग, दिउँसो १०:४४ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा तैतिल करण दिउँसो ०१:१० बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि १२:५९ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : लुम्बक, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : भूमिरज, श्री कामाख्या शक्तिपीठमा अम्बुवाची मेला प्रारम्भ, आजको मुहूर्त : कलशचक्र, हलचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको समय त्यति राम्रो देखिँदैन। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । कामबाट पनि फुर्सद पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host