“तीतो सत्यमा बालकलाकार,को भूमिकामा अभिनय गरेका राजले गरे अभिनेत्री, सुनिशासँग धसमधाम सँग बिहे”

“काठमाडौं-तीतो सत्युमा बालकलाकारको भूमिकामा देखिएका राज आचार्य र अभिनेत्री सुनिशा बजगाईं आज विवाह बन्धनमा बाधिएका छन् । उनीहरुको बिहेमा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थिति रहेको थियो।”

“केही समयदेखि प्रेममा रहेका राज र सुनिशाले ‘नजिक आउन तिमी’ बोलको गीतमा समेत अभिनय गरेका छन्। यो जोडीको बिहे भएको कुरा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फेसबुकमार्फत तस्विर राखेर जाकारी दिएकी हुुन् ।”

“उनले लेखेकी छन् ‘छोरो राज र बुहारी सुनिशालाई दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना राज ‘तीतो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराका भूमिकामा देखिएका थिए।”

“त्यस्तै, सुनिशा वेब सिरिज र म्यूजिक भिडिओमा व्यस्त छिन्। उनले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा अभिनय गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host