“गाउँपालिकाका अध्यक्षको, गाडी आफ्नै छोरा,द्वारा तोडफोड”
“एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् ।”
“हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् ।”
“गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो ।”
“नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएका हुन् ।”
“गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारूले गाडी तोडफोड भएको विषयमा पालिकामै आएर बुझ्न आग्रह गरिन् । ‘गाडी तोडफोड भएको हो, कसरी भयो, किन भयो भन्ने विषयमा आएर पालिका अध्यक्षलाई नै सोध्नुहोला,’ उनले भनिन् ।”
“अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको दाबी गरेका छन् । ‘अध्यक्षले सबैलाई समेटेर जान भनेर केहि समितिको संयोजक एमालेलाई पनि दिन सहमति जनाउनुभएको रहेछ, त्यसमा छोराले असहमति राखेपछि विवाद उत्पन्न भएको देखियो,’ एक स्थानीयले”