“काठमाडौं :-। नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेप्रति इगित गर्दै कुनैपनि पेशामा तथा व्यवसायमा सफल हुँदैमा राजनीतिमा सफल हुन नसकिने टिप्पणी गरेका छन् ।”
“महासचिव पोखरेलले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।”
“‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले ‘राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’”
“पूर्वपत्रकार रवि लामिछानेले असार ७ गते अर्थात हिजो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पत्रकारितामा रहदा लामिछानेले अत्याधिक लोकप्रियता कमाएका थिए ।”