“म एक बर्ष जेल! जान तयार छु, बरु जेल हालोस्, इम्बोस्ड नम्बर प्लेट जोड्दिनः भीम रावल”

“काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।”

“बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगने समेत बताएका छन् ।

“म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।”

“सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हनु पर्ने भनेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भएको छ ।”

“उक्त विषयमा छलफल गर्नको लागि समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विना जानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताएकी छिन् ।”

“सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिच्यो”

“नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन ।आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।”

“उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली (देवनगरी) मा हुनु पर्ने व्यवस्था छ । तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ ।

“यो ठेक्कामा अर्बौ रकमको घोटाला भएको हुन सक्ने आसन्का गर्दै रावलले भने ‘चोलेन्द्रले इम्बोस्ड नम्बरमा चलखेल गरेर अर्बौ रकम कुम्ल्याएको भनेर अक जना अधिवक्ताले सार्वजनिक मंचमै बोल्नु भएको छ ।’

“यसैगरी रावलले इम्बोस्स नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे ।रावलले भने ‘इम्बोस्ड नम्बर छाप्दा बाहिरिने अर्बौ रकम नेपालमा बस्थ्यो । तर त्यो सबै रकम बाहिर जाने भयो ।’ यसमा ठेकेदारको घुसपैठ क्षमता बारे जानकी हुने रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host