“भक्तपुर, ८ असारनेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।”
“रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो ।”
“बिजुक्छेकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृ त्यु भएको हो ।६२ वर्षीया प्रधान २० औं वर्षदेखि क्या न्सर पी डित थिइन्। बिजुक्छे दम्पतीका दुई छोरा छन् ।”
“लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन् ।”