“कति हुन्छ नेपालमा ,सरकारी शिक्षक, कर्मचारीको तलब ?

“काठमाडौं । नेपालमा सरकारी, कर्मचारी र शिक्षककाे तलब कति हुन्छ ? के तपाईँलाई थाहा छ ? सरकारले बजेट भाषण मार्फत बढाएकाे तलब कहिलेबाट पाउँछन् ? यहाँ हामीले चर्चा गरेका छाैं ।”

“सरकारले बजेट भाषण मार्फत बढाएकाे सरकारी कर्मचारीकाे तलब साउन १ गतेबाट लागू हुन्छ। सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट, वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने घोषणा गरेको थियो ।”

“सरकारको घोषणा अनुसार निजामति कर्मचारीको सबैभन्नदा अमुक पदवाल मुख्य सचिवको, तलब १० हजार ७१ रुपैयाँ बढेकाे छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।”

“बढेकोसहित मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुग्छ, भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ । आउँदो साउन १ देखि नै बढेको तलब कर्मचारीको महिनावारी लेजरमा चढ्ने छ ।”

“तलवबाहेक मुख्य सचिवदेखि कार्यालय सहायहसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । हरेक वर्ष एक, ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबमा जोड्ने गरिएको छ । साथै कर्मचारीले वर्षको एक पल्ट पोशाक भत्ता समेत पाउँछन् ।”

“यस्तै, सरकारी शिक्षक माध्यमिक तह (प्रथम श्रेणी)को तलब ५६ हजार ७ सय ८७ पुगेको छ । यसअघि ४९ हजार ३ सय ८० बुझ्दै आएका थिए । माध्यमिक तह कै (तृतीय श्रेणी)का शिक्षकले अब ४३ हजार ६ सय ९० रुपैयाँ तलब पाउने छन् ।”

“निमावि तहका शिक्षकको शुरु तलबमान ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ भने प्रथम श्रेणीका, शिक्षकले ४५ हजार ८ सय ६२ रुपैयाँ तलब पाउँछन् । त्यस्तै द्वितीय श्रेणीका शिक्षकको पारिश्रमिक ४३ हजार ६ सय ८९ तोकिएको छ । यो बाहेक ग्रेडअनुसार थप तलब पाउने व्यवस्था छ ।”

“सरकारी शिक्षक प्रावि तह अन्र्तगत शुरु तलबमान (तृतीय श्रेणी) ३२ हजार ९ सय २ रुपैयाँ छ, भने द्वितीय श्रेणी ३४ हजार ७ सय ३० र प्रथम श्रेणीका शिक्षकको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुुगेको छ ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host