“सात वर्षकी हुदा हराएर, भेटिने आस मारेकी, छोरी जब ९ वर्षपछि भेटिइन्……”

“पूजाकी आमाले हराएकी छोरी भेटिने सम्पूर्ण आशा माया मारिसकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्ततः आफ्नी आमाको काखमा टाउको बिसाउन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जनवरीमा उनी हराएकी थिइन् ।”

“उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिरबाट एक दम्पतीले आइसक्रिमको, लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो । अन्ततः उनी चमत्कारिक ढंगले अपहरणकर्ताको चङ्गुलबाट उम्किन सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, “अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडिरहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडिसकेकी थिए ।”

“प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निःसन्तान दम्पतीले पूजाको अपहरण गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको छ। अप ह’रणमा पर्नुअघि पूजा एउटा उपनगरको, सुकुम्बासी क्षेत्रमा दुई दाजुभाई र आमाबुबासँग बस्थिन् । हराएको दिन उनी आफ्नो दाजुसँगै विद्यालय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झ’गडा भएको अनि हतार पनि भइसकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइसक्रिम किनिदिने भन्दै फकाएर लगेका थिए ।”

“घर फर्केकी पूजाले भेनेकी छन्, “ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे । म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा, उनीहरूले मलाई चोट पु¥याउने चेतावनी दिने गर्दथे । केही समय मलाई उनीहरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्तान भएपछि भने मलाई विद्यालयबाट निकालियो । र, उनीहरू सबै मुम्वइ बसाइँ सरे ।”

“पूजा भन्छिन्, “आफ्नो बच्चा भएपछि उनीहरूले मलाई पेटीले पिट्ने, लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनीहरूले हतियार प्रयोग गरी मेरो ढाडबाट र’गत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो । उनीहरू बसेको स्थानबाट मेरो परिवारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे ।” आफ्नो मुक्तिबारे उनी भन्छिन्, “एकदिन उनीहरू सुतिरहेका बेला मैले उनीहरूको मोबाइल हात पार्न सफल भएँ ।”

“मलै युट्युबमा मेरो नाम टाइप गर्नासाथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बरहरू पनि थिए । मैले मद्दतका लागि प्रयास गर्ने निर्णय गरेँ । तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो ।” प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् । बीबीसी”

“उनले पोस्टरमा सम्पर्कका लागि राखिएको पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भिडियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट, मिलाइयो । पूजाकी आमा भन्छिन्, “सबैभन्दा पहिले मैले छोरीको शरीरमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिएपछि मेरो खुशीको सीमा नै रहेन । मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ ।” पूजा घरे फर्केकोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host