“सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर रिलिज”

“काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक, भएको छ । फिल्ममा गडफादरको भूमिकामा चिरञ्जीवि छन् । टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ ।”

“ठगहरुलाई कुटपिट गर्दा चिरञ्जीविको अनुहार खुल्छ । राजनीति उसको हत्या भएको हेर्न चाहन्छन् र प्रहरी उसलाई पक्राउ गर्न चाहन्छ, किनकी उसलाई संसारकै ठूलो डन सलमान खानको समर्थन भएको कुरा टे्रलरमा देखाइएको छ ।यो फिल्ममा चिरञ्जीविले मोहनलालको भूमिका निर्वाह गरेका छन् ।”

“गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् । फिलमममा नयनताराको पनि अभिनय रहेको छ । नयनताराले मञ्जु, वारियरको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मलाई मोहन राजाले निर्देशन गरेका हुन् । यो फिल्म सलमान खानको पहिलो तेलुगु फिल्म हो । यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुनेछ ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host