“दाङको भालुवाङबाट प्युठानको, बाग्दुला तर्फ जाँदै, गरेको गाडी पल्टियो”

“प्युठानको सरुमारानी गाउँपालिका–४ मा आज गाडी ९वीङ्गर० दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।दाङको भालुवाङबाट, प्युठानको बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९, नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २०, मिटर तल खसेको थियो ।”

“घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको अवस्था गम्भिर रहेको छ ।घाइते ६ जनालाई, उपचारको लागी बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।”

यो पनि : –“दुई वर्षीया छोरी छाडेर आमा, एक महिनादेखि सम्पर्कविहीन, चिन्तामा परिवार”

“पर्वतकी एक महिला दुई वर्षीया छोरी छाडेर बेपत्ता भएकी छन् ।जलजला गाउँपालिका–५ देखफाँटकी २० वर्षीया सुजता खड्का, जिसी गत साउन ६ गते दुई वर्षीया छोरीलाई घरमा नै छोडेर सम्पर्कविहीन रहेको बताइएको छ ।”

“जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा, बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ ।”

“श्रीमान् मदन जिसीले गत साउन ११ गते प्रहरी चौकी लेखफाँटमा खोजतलासका लागि, उजुरी दिएका छन् तर पनि हालसम्म उनको अत्तो पत्तो नलागेको बताइएको छ ।”

“उनले प्रयोग गर्दै आइरहेको मोबाइल फोन र सम्पर्कमा आएका व्यक्ति पहिचान गरी सोधखोज गर्दा पनि प्रहरीले उनको अवस्थाबारे पत्ता, लगाउन सकेको छैन।बेपत्ता महिलाको घर तथा माइती पक्षबाट समेत खोजी कार्य भइरहेको र खोजी कार्यका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host