“राष्ट्रको अस्तित्व बचाउने जिम्मा सेनाको काँधमा आईपरेको छ भन्दै सिलवालले लेखे प्रधानसेनापतिलाई खुला पत्र,

“नेपालको ईतिहासमा चाहे हामी गोपाल वंशको कुरा गरुँ चाहे किराँत, कालको कुरा गरुँ, चाहे लिच्छवि ,चाहे मल्लकाल र शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था सम्म आई पुग्दा जुन सोच विचार सिद्धान्त मूल्य मान्यता अपनाएता पनि देश चलाउने आफ्नै एक किसिमको विधि र विधान हुन्छन् ।,

“साम्राज्यवादी युगमा राज्य विस्तारको परिकल्पना गरियो । एसिया साउथ एसिया र पश्चिमा यूरोप लगायत अमेरिका जस्ता देशहरू धार्मिक आर्थिक मानविय हिसाबले राज्य र राजसंस्था को स्थापना भयो । राजाहरूमा राज्य संचालन गर्दा चरम शोषण वादि जनतालाई रैति दास पशु समान व्यवहार का कारण राजसंस्था हटाउने धर्म प्रति वितृष्णा जगाउने नास्तिकता वाद को हावि भयो । राजा र धर्मको नाममा पूरा यूरोप दासत्व मानसिकता बाट उन्मुक्ति पाउन जनताको छोरो जनताबाटै निर्वाचित बहुलवादि सिद्धान्तको प्रतिपादन भयो । यूरोप युद्ध पछि कोलम्बस ले अमेरिका पत्ता लगाए । सात यूरोप र एसियाका केही मानिसहरु यूरोप र एसियाबाट अमेरिकामा पलायन भए ।

“अमेरिका एउटा छुट्टै महादेश बन्यो । र अफ्रिका छुट्टै महादेश हो भने अष्ट्रेलिया पनि छुट्टै महादेश हो । भन्नका लागि भनिन्छ एसिया छुट्टै महादेश हुन तर त्यस भित्र पूर्वी एसिया र साउथ एसिया भनेर नामांकरण गरिएको छ । अमेरिका बेलायत सत्रौं शताब्दिमा स्वतन्त्र भएपछि उदायमान शक्तिको रूपमा उदय हुनेक्रम जारी थियो । सोभियत संघ विघटन पछि संयुक्त राष्ट्रसंघको परिकल्पना गरियो । र विश्व खाद्य संगठन ध्ज्इ विश्व बैंक र विश्वमा रहेका राज्यहरूको सिमांकन विस्तारवादि नीतिको अन्त्य गरियो । र विश्वव्यापि रुपमा राज्यको सिमांकन राष्ट्रवाद को उदय भयो । र बेलायतबाट शुरू भएको प्रजातन्त्रवाद र उदारवादी अर्थनीति र समाजवादी चिन्तनको विकास र अभ्यास भयो । भूगोल र जनसंख्याको हिसाबले अष्ट्रेलिया अमेरिका जापान लगायत अरु यूरोपिय अरेवियन राष्ट्रहरूमा जनसंख्या वृद्धि ऋणात्मक हुँदा ठूलो मानविय संकट तथा श्रम अभाव सृजना भयो । अब नेपाल जस्तो थर्ड वर्ल्ड राष्ट्रहरूमा आफ्नै देशका जनतालाई देशमै रोजगार दिन नसक्दा विश्व श्रम बजारमा श्रम को लागि दास जस्तै बेच्न विवश छन् ।,”

“आफ्नो जनसंख्याको ख्याल नगरी आयातित नागरिकहरुलाई नुवाकोटको रातोमाटेमा फलेको मुंम्फली झै नागरिकता वितरण गर्दै जाने हो भने नेपाल जस्तो देश एकाइसौं शताब्दिमा आएर फिजीकरण हुँदै भोलि सिक्किमीकरण हुने अवस्था आउन सक्छ । ब्यालेटमा र बालिग मताधिकारमा मात्रै विश्वास गर्दा सिक्किममा लेन्दुप दोर्जे मार्फत भारतमा विलय भएको जीवन्त ईतिहास हाम्रो सामु जीवन्त छ । निर्वाचित जनप्रतिनिधि ले गरेका कार्यहरु राष्ट्रहित हुनेछन् भन्नु पनि मूर्खता साबित हुन सक्छ । र कुनै पनि राष्ट्रले खडा गरेको सेना राष्ट्रलाई संकट पर्दा राष्ट्रघाति कामहरू हुँदा जनता र माटोको रक्षार्थ खडा गरिएको रक्षा कवच हो । कुनैपनि देशको सेना जागीरे होइनन् ।”

“यस कुरामा सेनाको ध्यान जाओस् भन्ने स्वतन्त्र नागरिक समाजको विनम्र आग्रह हो । देश रहे मात्र सेना रहने हो जुन निर्वाचित प्रधानमन्त्रीले निर्वाचन घोषणा गरेपछी त्यो सरकार कामचलाउ हुन्छ । संसद भंग हुने विश्वव्यापि मान्यतालाई धज्जि उडाउँदै अलोकतान्त्रिक अप्रजातान्त्रिक अभ्यास गर्नू आफैमा मूर्खता हो रु जर्मनमा समाजबादी आन्दोलन मार्फत बालिग मत प्रयोग गरेर आएका हिटलर पनि निरंकुश हुन पुगे । नेपालमा पनि भोलि जंगबहादुर नजन्मेला भन्न नसकिएला र ? अनि देश र जनता जोगाउने दायित्व प्रजातान्त्रिक मूल्य मान्यता मानवअधिकार प्रेस स्वतन्त्रता धर्म संस्कृति लगायतका मूल्य मान्यता बचाउनका खातिर नेपाली सेना अग्रसर हुनु जरुरी देखिन्छन् ।”

“संविधान को कुरा गर्ने हो भने २००४ साल देखि २०७२ सम्म सातवटा संविधान बने । संविधानवादले मात्रै संसार चल्दो रहेनछ । प्रजातानत्रिक अभ्यास जस्ले गर्‍यो बेलायत आज संविधानको खेस्रा बिना पनि चलिरहेको छ । संविधान भन्दा राष्ट्र नै महत्वपूर्ण कुरा हो । देश रहे संविधानका खेस्रा जति पनि कोर्न सकिन्छ । ईतिहास यस मोडमा राष्ट्रको अस्तित्व बचाउने जिम्मा सेनाको काँधमा आईपरेको छ भन्ने बोध हुन पर्‍यो र हरेक नेपालीको आग्रह पनि यही हो । जय गुरु गोरख ।

संयोजक हेम विक्रम सिलवाल  स्वतन्त्र नागरिक समाज पीपलबोट पाटनढोका ललितपुर ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host