काठमाडौं जनता समाज वादी पार्टी अध्यक्ष उपेन्द्र यादव ले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेकाछन्।पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री
स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।