हास्नु एक , फाइदा अनेक

हाम्रो शरीर प्राकृतिको देन हो। र शरीरमा हुने जुनै पनि प्रतिक्रिया हामी महसुस गर्न सक्छौ। कतिपय यस्ता क्रियाकलप हुन्छन जुन हामीले दिनहु गर्दा हाम्रो शरीर लाई धेरै फाइदा पुर्याउछ। भनिन्छ, ‘जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’

हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहा छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ ।

निशुल्क उपचार-

हाँस्नु भनेको आफैमा उपचार हो । हास्नु पनि हिजो आज लाफिंग थेरफी को रुप मा परिचित छ I विभिन्न देश हरुमा क्लब बनाएर हास्ने पनि गर्दछन I जसलाई लाफिंग क्लब को रुप मा हामीले सुन्ने गरेका छौ I जब हामी दिल खोलेर हाँस्छौ, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । यसले हृदयलाई स्वस्थ्य राख्छ । जसरी स्वच्छ हावा, स्वस्थ्य खानपान शरीरका लागि जरुरी हुन्छ, उसैगरी हाँसो पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हामी यदि हाँस्छौ भने, त्यसले हामीलाई खुसी तुल्याउँछ । हामीलाई मात्र होइन, हामी आसपासका मौहल पनि रमाइलो बन्छ । साथमा रहेकाहरु खुसी हुन्छन् । यसले सकारात्मक उर्जा पैदा गर्छ ।

हाँस्ने अनेक बाहना-

यसरि पुग्छ फाइदा, शरीरलाई दिनहु हास्दा
हाँस्नका लागि अनेक बाहना खोज्न सकिन्छ । कुनै न कुनै निहुँ बनाएर मस्त हाँस्न सकिन्छ । यसले मनोविकार हटाउँछ । चिन्ता, तनाव, पीडा अनुभव हुन दिदैन । नकारात्मक भाव आउन दिदैन ।हुन त अहिले हाँस्ने अभ्यास पनि गराइन्छ । विभिन्न योगा कक्षमा हाँस्न सिकाइन्छ । बिहानको ताजा हावामा उन्मुक्त हाँस्दा स्वास्थ्यलाई फाइदा गर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाँस्दा मनमा उमंग छाउँछ, खुसी छाउँछ । शरीरमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।

रक्त प्रवाह-
खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली बलियो-
हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।

अनिन्द्राको औषधी –
यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।

मुटुलाई फाइदा –
हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।

जवान र सुन्दर देखिने –
जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।

तनाव हटाउने –
तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।

शरीरमा ताजा हावा –
जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host