व्यग्रताकासाथ कुरिएको ‘शत्रु गते’को एक पछि अर्को गीति किर्तिमान
अनमोल केसी द्वारा चर्चा बटुलेको ‘कृ’र स्वेता खड्काको ‘कान्छी’ पछि दर्शकहरु ‘शत्रु गते’ चलचित्रको व्यग्रताका साथ कुरिरहेको जो कोहिले सहजै अनुमान गर्न सक्छौ I शत्रु गते को गीतहरु ‘रुपै मोहनी ‘ र तेसपछी सार्बजनिक गरिएको ‘ पिरतीको बर्को ‘ का कारण चलचित्र एकाएक राम्रै सफल चलचित्रको सुचीमा दर्शक हरु ले राखी सकेका छन् I यू ट्युबमा हाल सम्म १ करोड भन्दा बढी भ्युज़ पाइसकेको छ I यस बाट पनि दर्शकहरु को चलचित्र प्रतिको व्यग्रता प्रस्ट हुन्छ I छक्का पन्जा टिम पनि संगै रहेको र चलचित्रमा पुराना पुस्ता देखि नया पुस्ताहरुको संयोजन , सफल , चर्चित हास्यकलाकारहरुको बेजोड अभिनयको आश राख्दै देश भरका हल भरिने र नया किर्तिमान राख्ने फिल्म निर्माता पक्षले आश गरेका छन् I चलचित्रमा हरिबंश आचार्य , मदन कृष्ण श्रेष्ठ ( मह जोडी ), पल शाह , आंचल शर्मा , दिपक राज गिरी , दीपाश्री निरौला, बशुन्धरा भुसाल कलाकार रहेका छन् भने प्रदीप भट्टराई को निर्देशन, कविराज गहतराज को नृत्य निर्देशन रहेको छ I