प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

फाल्गुन ११, २०७४ निपोल न्यूज़ संवाददाता
काठमाडौँ, शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मन्त्रीपरिषद बैठक सम्पन्न भएको छ Iहाल कायम रहेको ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय मात्र बनाउने निर्णय गरेको छ । संविधानमा नै बढीमा २५ वटा मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ ।

वातावरण मन्त्री लालबाबु पण्डितबाट प्राप्त जानकारी अनुसार अब १७ वटा मन्त्रालय कायम भएसँगै मन्त्रिमण्डल १८ सदस्यीय हुने छ । साथै आजकै बैठकले प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । यो उनको दोश्रो कार्यकाल हुनेछ I एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष रिमाल ओलीको अघिल्लो कार्यकालमा समेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरि सकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host