“विदेशी ज्वाँइले पनि, नेपाली नागरिकता, पाउँने गरी नागरिकता विधेयक, ल्याउँने तयारीमा, देउवा सरकार!”
“सर्वोच्च अदालतको परमादेशबाट बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले लामो समय देखी संसदमा थन्कीएर बसेको नागरिकता विधेयक फेरी अगाडी बढाउँने तयारी गरेको छ ।”
“नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको तत्कालिन अवस्थामा सरकारले विधेयक अगाडी बढाउँन खोजे पनि चर्को विवाद र राजनितिक दलका विचमा सहमती बन्न नसक्दा विधेयक अघि बढ्न सकेको थिएन । विधेयक छिनोफानो नहुँदै तत्कालिन समयमा ओलीले प्रतिनिधीसभानै विघठन गरिदिएका थिए ।”
“नागरिकता विधेयकमा भएका केहि प्रावधानहरु भने चरम विवादित रहेका छन् । बैवाहिक अंगिकृतलाई नागरिकता दिने समय र राजनितिक अधिकार लगायतका बिषयहरु विवादित रहेका छन् । नेपाली काग्रेस नेपाली महिलासँग विवाह गर्ने विदेशी ज्वाँइलाई पनि नागरिकता दिनु पर्ने पक्षमा रहेको छ् ।”
“प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई बिवाह गरेको ७ बर्ष पछि मात्रै अंगिकृत नागरिकता दिनु पर्ने पक्षमा रहेको छ भने काग्रेस , जसपा , लोसपा लगायतका दलहरु विवाह गरेर आएको भोलिपल्टै नागरिकता दिनु पर्ने पक्षमा रहेका छन् ।”
“माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरु भने तत्कालिन नेकपामा रहँदाका बखत हालको एमालेको जस्तै अडानमा रहेका थिए । पार्टी विभाजन भए पछि उनीहरुको पोजिसन के हो भन्ने बिषयमा यकिन कुरा बाहिर आएको छैन । माओवादी र नेकपा एस पनि ७ बर्षे समयावधी राख्नु पर्ने पक्षमानै रहेको बताइन्छ ।”
“नेपाली काग्रेसका महामन्त्री गगन थापा लगायतका नेताहरुले भने पहिले पनि नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनु पर्ने भन्दै क्याम्पेनिङनै गरेका थिए । विदेशी ज्वाँइलाई नागरिकता दिन नसकिने , नेपाली पुरुषसँग विबाह गरेर आउँने विदेशी महिलालाई पनि ७ बर्ष पछि मात्रै नागरिकता दिनु पर्ने पक्षमा तत्कालिन समयमा नेकपाले दरिलो अडान राखेको थियो ।”
“बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदबाट पारित गर्ने प्रस्ताव राखेका थिए । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरुसँग भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पुरा गरेर चाँडै पेश हुन्छ ।”
“तर नागरिकता विधेयकमै रहेको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थामा भने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच नै एकमत छैन ।राज्य व्यवस्था तथा सुशासन समितिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल राजनीतिक अधिकार नहुने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदमा पेश गरेको छ ।”
“तर नेपाली कांग्रेस, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी भने ७ वर्षे प्रावधानको पक्षमा छैनन् । विगतमा ७ वर्षे प्रावधान राख्ने नेकपा पनि विभाजित भएर नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन् । एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ । त्यसैले ७ वर्षे प्रावधानबारे सहमति जुटाउन सजिलो छैन । स्रोतका अनुसार हाल संसदमा रहेको विधेयक फिर्ता लिने र सहमति जुटेका विषय मात्र समेटेर नयाँ विधेयक लैजाने गृहकार्य भइरहेको छ ।”
“एक नेता भन्छन्, ‘सहमति जुटेका विषयलाई अघि बढाउने र अंगीकृत नागरिकताबारे सबै दलसँग सहमति जुटाएर अर्को खेपमा लैजाने कि भन्ने सल्लाह भइरहेको छ ।”
“त्यसो भएमा जन्मसिद्ध नागरिकका सन्तान, नेपाली आमाबाट जन्मिएका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्ने छ । तर नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकताको विषय सम्बोधन हुने छैन ।”
“नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकताको व्यवस्था थियो । तर नयाँ संविधानले यो व्यवस्था गरेन भने जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गर्यो । नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिलाई वंशजको नागरिकता दिने भनिएको छ भने गैरआवासीय नेपालीहरुलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता दिने भनिएको छ ।
“संविधानअनुसार नागरिकता विधेयक संशोधन नहुँदा नेपाली नागरिक बाबुआमाबाटै जन्मिएका हजारौं युवाले नागरिकता पाउन सकेको छैनन् ।