“सेवाग्राही,लाई अभद्र व्यवहार, गर्ने नायब सुब्बा, प्रहरी फन्दामा,

“लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

“सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।,

“सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डीएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।”

“यो पनि हेर्नुस् :-“कोइराला र पोखरेल,लाई हिरासतमा, राखेर छानबिन गर्न राप्रपाको निवेदन”

“काठमाडौं, ९ असार । केही दिन यता अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध न्याय परिषदमा निवेदन परेको छ ।”

“काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलमाथि छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागको तर्फबाट प्रवक्ता ज्ञानेन्द्र शाहीले निवेदन दिएका हुन् ।  राप्रपाले न्यायाधीशलाई पदबाट बर्खास्त र अधिवक्ताको लाइसेन्स खारेजीको माग गरेको छ ।”

“शाहीले कोइराला र पोखरेललाई तुरन्त पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न आग्रह गर्दै आफुहरुले दिएको निवेदन कार्यान्वयन नभएमा आन्दोलन गर्ने पनि चेतावनी दिए । उनीहरुलाई पक्राउ गर्न अडियो नै पर्याप्त भएको भन्दै उनीहरुलाई हिरासतभित्र राखेर छानबिन गर्न समेत माग गरे ।”

“कोइराला र पोखरेल २ करोड रुपैयाँ घुस लिने र प्रहरीको हिरासतमा रहेका इच्छाराम तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएको फोन संवाद सार्वजनिक भएको थियो ।”

“उक्त अडियोबारे अनुसन्धान गर्न न्याय परिषदले छानबिन समितिसमेत बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host