“पेट्राेलियम पदार्थ,काे मूल्य घट्न सक्ने, आपूर्ति मन्त्रीकाे सङ्केत”

“काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लाे पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ । करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताउनुभएको हो ।”

“आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विद्युतको खपत बढाएर पनि पेट्राेलियम पदार्थकाे मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो ।”

“उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । कर समायाेजन गरेर भए पनि पेट्राेलियम पदार्थकाे मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेकाे छ ।”

“मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host