“मूल्यवृद्धिको विरोध,मा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच, झडप,

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ।”

“बिहीबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस अघि बढेको थियो । राँके जुलुस माइतिघरतर्फ अगाडि बढ्ने क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा समेत तोडफोडसमेत गरेका छन् ।”

“प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । यसक्रममा दुई पक्षबीच झडप पनि भएको थियो । दुई पक्षबीच झडप हुँदा नयाँ बानेश्रर–माइतिघर सडकखण्डको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।”

“यो पनि :—सेवाग्राही,लाई अभद्र व्यवहार, गर्ने नायब सुब्बा, प्रहरी फन्दामा,

“लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

“सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।,

“सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डीएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host