आजको राशिफल : २०७९ भाद्र ७ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

२०७९ भाद्र ७ गते, मंगलवार, २३ अगस्ट २०२२।भाद्र कृष्णपक्ष एकादशी तिथि, प्रातः ६ः०५ बजेदेखि द्वादशी।आर्द्रा नक्षत्र, ११ः५२ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।
भाद्रपद कृष्णपक्ष(गुँलागा) एकादशी तिथि, बिहान ०६:०२ बजेसम्म, त्यसपछि द्वादशी तिथि, आर्द्रा नक्षत्र, दिउँसो ११:५० बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र

व्याप्त), सिद्धि योग, मध्यरात्रीपछि ०२:३९ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा बालब करण बिहान ०६:०२ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०७:०४ बजेसम्म, अन्तिममा तैतिल करण,आनन्दादि योग : चर, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय (बिहान ०६:०२ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०३:३५ बजेदेखि भोलि बिहान ०४:३१ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,आज : श्री अजा (जया) एकादशी व्रत, त्रिपुष्कर योग दिनको ११:५२ बजेपछि, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, हलचक्र,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०८ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, ०९ गते : जुग चह्रे पूजा, जुग यँ पञ्चदान, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, द्वारचक्र, पुराण श्रवण, कलशचक्र (द्रष्टव्य : बिहान १०:०९ बजेपछि भद्रा रहने छ), १० गते : दर्श श्राद्ध, निशि बार्ने दिन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host