सामुदायिक प्रहरी सेवाद्धारा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

निपोल न्यूज सम्बाददाता- सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक स्कुल सम्पर्क कार्यक्रम सम्पन्न भएको थियो । पोखरा लेखनाथ महानगर पालिका वडा नं २८ कालिका स्थित कालिका ईङलिस बोर्डिङ स्कुल कालिका मा.वि.मा अध्ययनरत कक्षा ८, ९ र १० का ७० जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक राज कुमार के.सी.ले प्रदान गरेका थिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा कालिका ईङलिस बोर्डिङ स्कुलका प्र.अ. हेम बहादुर रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक राम चन्द्र के.सी. र प्रहरी हवल्दार शिव ढकालले कार्यक्रमको बारेमा प्रकाश पार्दै सहजिकरण गरेका थिए कार्यक्रमा जिल्ला समन्वय समिति कास्कीका सदस्य केदारनाथ अधिकारीले पोखरामा ट्राफिक नियमको पालना नअपनाएका कारणले अकालमा विद्यार्थीहरुले ज्यान गुमाउन परेको हुँदा यसको नियन्त्रण र रोकथामको लागी विद्यार्थीहरुका लागि जनचेतनाको आबस्यक रहेको बताए । कार्यक्रमको संचालन प्रहरी नायव निरीक्षक राम चन्द्र के.सी.ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host