पर्वतमा मगर महोत्सव सुरु

निपोल न्यूज़ सम्बाददाता, पछिल्लो समय लोप हुँदै जान थालेको मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शुक्रबारदेखि पर्वतमा मगर साँस्कृतिक महोत्सव सुरु भएको छ । ३६औं मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा महोत्सव सुरु भएको हो । लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर भेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोसाकहरुको प्रबद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
पर्वत सदरमुकाम कुश्माबजारमा सुरु उक्त महोत्सव फागुन १५ गतेसम्म सन्चालन हुनेछ । महोत्सवमा लोपोन्मुख सोरठी नृत्य, सालैजो भाका प्रतियोगिता, विभिन्न मगर संस्कृति र परम्परागत नृत्य प्रतियोगिताहरु हुनेछ । त्यसैगरी, प्रौढ भलिबल, बास्केटबल, पुरुष भलिबल, महिला भलिबलजस्ता खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host