आजको राशिफल : २०७९ असार १० गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

२०७९ असार १० गते, शुक्रवार,२४ जुन २०२२। आषाढ कृष्णपक्ष एकादशी तिथि। अश्विनी नक्षत्र, ११ः१३ बजेदेखि भरणी। चन्द्रराशि– मेष। आषाढ कृष्णपक्ष (तछलागा) एकादशी तिथि, मध्यरात्रीपछि ०१:१६ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्विनी नक्षत्र, दिउँसो ११:१० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड

योग, बिहान ०८:२७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा बब करण दिउँसो १२:५७ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०१:१६ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : वज्र, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०६:०६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host