‘खोटाङमा हजुरआमा’को हत्या’ गरेर कोशी किनारमा पुर्ने नाति पक्राउ,

“खोटाङ, असार ९ – हजुरआमा,को ह’त्या गर्ने नाति पक्राउ परेका छन्।”

“७७ वर्षीया हजुरआमा तुलसा खड्कालाई मारेर कोशी किनारमा पुर्ने खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा घर भएका हाल झापाको गौरादह नगरपालिका–३ धोविनीचोक बस्दै आएका २९ वर्षीय हरि भनिने निर बहादुर खड्का पक्राउ परेका हुन्।”

“सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकबाट खड्काले हजुरआमालाई वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न जन्तेढुंगा गाउँपालिका हजुरआमालाई ल्याउनेक्रममा वैशाख २६ गते बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दूधकोशी नदीको किनारमा मारेर बालुवाले पुरेका थिए।”

“हजुरआमाको हत्या गरि फरार रहेका अभियुक्त खड्कालाई प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा झापाको मेचीनगर नगरपालिका- ६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी उमेश लम्सालले बताए।”

“बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्दै मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घट्नाका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए।”

“वैशाख ३१ गते बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगर बालुवाको खाल्डो भित्र शंकास्पद अवस्थामा सडिगली किरा औंसा परेको बेवारिसे शव फेला परेको थियो।

“मृतक शवको थप अनुसन्धान गर्दै जाँदा उक्त शव मृतक खड्काको भएको भन्ने खुलेको थियो।पारिवारीक विवादका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host