“राजनीतिक यात्रामा सहकार्य गर्न रवि लामिछाने, र रमेश खरेलबीच, छलफल,
“काठमाडौं :-“राष्ट्रिय स्वतन्त्र, पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ।”
“समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा, सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो।”
“दुवै पक्षबीच आगामी, राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ।”
‘राजनीतिक यात्रामा, सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो। लामिछानले, हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए।”
यो पनि :–“राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा. मुकुल ढकाल”
“राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् ।”
“२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ”