बार्षिक झण्डै ७ लाख आम्दानी गर्दै

दुधौली नगरपालिका वडा नं. ७ लदाभीर कटहरे शंखटारका कृषक विश्वास शाही ठकुरी विभिन्न व्यवसाय गरि मनग्य आम्दानी गरिरहेका छन् । आफ्नै ठाउँमा कृषि फार्म अन्तर्गत बङगुर, हाँस, कुखुरा र माछा पालन गरि उनले राम्रो आम्दानी गरिरहेका छन् ।
ठकुरीले ७ कठ्ठा जग्गामा उन्नत जातका २ सय वटा बंगुर पाल्न सक्ने क्षमता रहेको बङगुर फार्म खोलेका छन् । फार्ममा ड्युरोक, हेमसायर, पाख्र्रीबासे कालो र लान्डरेस ४ प्रजातिका बङगुर पालेका छन् । बिर दुई जात ड्युरोक र पाख्रीबासे बच्चा उत्पादनको लागी पालिएको ठकुरीले बताए ।
फार्ममा अहिले ४० वटा बंगुर रहेको उनको भनाई छ । त्यस्तै बंगुरको बच्चा विक्री बाट ठकुरीले वार्षिक २ लाख रुपैया आम्दानी गरिरहेको सुनाए । वि.सं.२०७१ सालबाट विभिन्न व्यवसाय सुरु गरेका ठकुरीले हाँस बाट समेत बार्षिक १ लाख २० हजार आम्दानी गर्दै आएका छन् । त्यस्तै लोकल र ब्रोइलर कुखुरा बाट १ लाख २० हजार र माछा उत्पादन बाट २ लाख आम्दानी गरिरहेका छन् । सवै मिलाएर ठकुरीले बार्षिक झण्डै ७ लाख आम्दानी गर्दै आएका छन् ।
ठकुरीले स्थानिय ४ जनालाई समेत रोजगारी दिएका छन् । पशुसेवा कार्यालयबाट बङगुर, हाँस, कुखुरा र माछालाई रोग लागेको समयमा पशु चिकित्सकहरुले सेवा दिदै आइरहेको कृषक ठकुरी बताए । साथै ठकुरीले स्थानीय २० जना बेरोजगार युवाहरुलाई कृषि सम्बन्धी आय आर्जन मुलक खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको समेत सुनाए ।
व्यवसायबाट राम्रो आम्दानी भएपछि घर परिवार चलाउन सजिलो भएको ठकुरी सुनाउछन् । ठकुरी अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । आफ्नै ठाउँमा व्यवसाय गरि मनग्य आम्दानी गर्न सफल भएको भन्दै सवै ठकुरीको प्रशंसा गर्छन् । त्यति मात्र हैन अहिले शंकरटाका अन्य युवाहरु पनि ठकुरीको सिको गरि विभिन्न व्यवसाय गरि आफ्नै ठाउँमा राम्रो गर्न थालेका छन् ।
शाही कृषी फार्म दुधौली नगरपालिकामा मात्र नभई सिन्धुली जिल्लाको नमुना फार्मको रुपमा चिनिन्छ । आफ्नो पेशाप्रति सन्तुष्ट रहेका ठकुरी विदेशीने युवाहरुलाई स्वदेशमै केहि व्यवसाय गरि आम्दानी गर्न आग्रह गर्छन् । ठकुरी भन्छन्, ‘आफ्नो ठाउँमा चाहि साना तिना काम नगर्ने भन्दै ठूला ठूला काम खोजी काम गर्न हिचकिचाउनाले गर्दा अर्काको ठाउँमा ंगएर जे पनि गर्नु पर्छ ।’
आफ्नै ठाउँमा केहि गरि आत्म निर्भर बन्न चाहनेहरुका लागि स्वदेशमै यस्ता धेरै अवसरहरु रहेको उनको भनाई छ ।
तसर्थ कामलाई ठूलो सानो नसम्झि आत्मनिर्भर वन्ने तर्फ सोच्ने हो भने विदेशमा मात्र हैन विदेशमा भन्दा दोब्बर आम्दानी यहि नै गरि जिविको पार्जन मज्जाले गन सकिने उनको अनुभव छ ।
रोजगारीको सिलसिलामा बिदेशीने युवाहरुका लागि आफ्नै ठाउँमा केहि व्यवसाय गरि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण ठकुरीलाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host