दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी

हरारे, जिम्बाब्वे, १० चैत (रासस/एएफपी) : जिम्बाब्वेका गत बर्ष मात्र सत्ताच्युत भएका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले गत बर्ष आफू विरुद्ध सेनाले हटाउने षड्यन्त्र गरिरहेको समय मध्यस्थताका लागि दक्षिण अफ्रिकी समूहलाई पठाउनुभन्दा सेना पठाउनुपर्ने भन्दै दक्षिण अफ्रिकाको भूमिकाप्रति असन्तुष्टी व्यक्त गरेको छ ।

सत्ताबाट हट्नु नपर्नेमा आफ्ना क्षेत्रीय छिमेकीले धोखा दिएको कारण आफूले नेतृत्व छोड्नु परेको जिम्बाब्वेको एक निजी लगानीमा सञ्चालित पत्रिका ‘जिम्बाब्वे इन्डिपेन्डेन्ट’ तथा अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तवार्तामा मुगाबेले भन्नुभयो ।

“दक्षिण अफ्रिकाबाहेकका मुलुकको अवस्थालाई हेर्नुभयो भने प्रष्ट थाहा हुन्छ कि उनीहरूले जिम्बाब्वेमा हस्तक्षेप गर्नसक्ने अवस्था थिएन,” ९४ बर्षीय पूर्व राष्ट्रपति मुगावे कै शब्दलाई अन्तवार्तामा उद्धृत गरिएको छ ।

“दक्षिण अफ्रिकाले मध्यस्थताका लागि टोली पठाउनुभन्दा सेनालाई पठाउनु पथ्र्यो तर मध्यथता मात्र गरियो ।”

बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि सन् १९८० देखि नै जिम्बाब्वेको सत्ता सम्हालेका मुगावेलाई सेनाले प्रत्यक्ष शासनसत्ता सम्हालेपछि र आफ्नै दल जिम्बाब्वे अफ्रिकी राष्ट्रवादी समूहका सांसदले महाभियोगको प्रस्ताव अघि सारेपछि उहाँले सरकार र दलको नेतृत्वबाट बाहिरिनु भएको थियो ।

मुगावेलाई सत्ता छोड्नुभन्दा केही हप्ता पहिले उहाँबाटै उपराष्ट्रपतिबाट बर्खास्त सेनाको मनपर्ने एमरसन नानगाग्वाले विस्थापित गर्नुभएको थियो । मुगावेले उक्त कदम आफ्नै जिवन संगीनी ग्रेसलाई नेतृत्व हस्तान्तरणका लागि बाटो सफा गरेको भनी व्यापक आलोचना भएको थियो ।

दक्षिण अफ्रिकाका तत्कालिन राष्ट्रपति याकोव जुमाले मुगाबे सेनाबीचको सङ्कट समाधानमा मध्यस्थताका लागि रक्षामन्त्री मापिसा काकुला तथा सुरक्षा मन्त्री बोङगानी बोङ्गोलाई पठाउनुभएको थियो ।

मुगावेले आफू एक सय बर्षसम्म पनि शासन गर्नसक्ने बताउँदै आएपनि उहाँकै शब्दमा सैनिक विद्रोहका कारण पलच्युत हुनुपरेको थियो । हाल मुगावे सार्वजनिक रुपमा विरलै देखिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host