“विभाजनको डिलमै, पुगेको नेकपा एसमा २४ घण्टामै भयो यस्तो  उथलपुथल !

“नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एस भित्र चरम विवाद देखिएको २४ घण्टामै नयाँ टुइस्ट आएको छ । एस पार्टीका अध्यक्ष माधव नेपालको ठूलो संकट मोचनको सारथी बनेका छन् पर्यटनमन्त्री प्रेम आले ।”

“नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आले सहितका ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।”

“हस्ताक्षर फिर्ता नलिनेमा स्वास्थयमन्त्री विरोध खतिवडा , शहरी विकासमन्त्री रामकुमारी झाँक्री , श्रममन्त्री किसान श्रेष्ड र अर्की एक सांसद निरादेवी जैरु रहेका छन् । पर्यटनमन्त्री हस्ताक्षर फिर्ता लिएर धनगढी पुगेका छन् ।

“संसदीय दलको बैठक माग गर्दै लिखित निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।”

“नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए । निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको सोम प्रसाद पाण्डेले बताए।”

“सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। ध्यानाकर्षणपत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host