दुई सय जनाको सूचना दाता समूह

काठमाडौँ, परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ ।

परिसरको प्रमुख भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताउनुभयो । ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको भनाइ छ ।

परिसरका प्रमुख पोखरेलले भन्नुभयो, “राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २०० युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको छ ।” उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् । आफूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तथा फरार अपराधीको खोजी तीव्र पार्ने कार्य प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । आव २०७१/७२ मा चार हजार ७७३, आव २०७२/७३ मा चार हजार ९०२, आव २०७३/७४ चार हजार ५८२ र चालु आव २०७४/७५ को हालसम्म तीन हजार ३४२ मुद्दा परिसरमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host