आजको राशिफल : २०७९ असार १२ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

२०७९ असार १२ गते, आइतवार२६ जुन २०२२। आषाढ कृष्णपक्ष त्रयाेदशी तिथि। कृत्तिका नक्षत्र,१४ः१७ बजेदेखि राेहिणी।चन्द्रराशि– वृष। आषाढ कृष्णपक्ष (तछलागा) त्रयोदशी तिथि, भोलि बिहान ०३:२८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, कृतिका नक्षत्र, दिउँसो ०२:१८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त),धृति योग,

बिहान ०७:५१ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा गर करण दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि वणिज करण भोलि बिहान ०३:२८ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण,आनन्दादि योग : धूम्र, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०८:४४ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण,आज : श्री रवि प्रदोष व्रत (निणर्य क्षमता, पदप्राप्ति, स्वास्थ्यरक्षा र शत्रुविजय निमित्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host