“चुनाब लड्ने तयारिमा, अर्बपति, नेता बिनोध चौधरि”

“काठमाडौं :-“नेपालका सबैभन्दा धनि ब्यक्ति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लाग्ने भएका छन् ।”

“कांग्रेसबाट सांसद रहेका उनले आफ्नो बाँकी जीवन राजनीतिमै विताउने पनि बताए। बाँकी जीवन कांग्रेसमै रहेर राजनीति गर्ने चौधरीले बताएका थिए।

‘६६ वर्षको उमेरमा चुनाव लड्न, म वडामा गएँ। वडाबाट आएर महाधिवेशन प्रतिनिधि बने। त्यसपछि १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ,’ काठमाडौंमा पत्रकारहरूसँग कुराकानीका क्रममा चौधरीले भने, ‘अब ब्याकुमा बसेर हुन्न भनेर राजनीतिको ुफ्रन्टुमै आएको छु।’

“उनले पूर्णकालीन राजनीतिमा आएको भन्नुको अर्थ सबै उद्योगधन्दा छाड्ने अर्थमा नबुझ्न आग्रह गरे। ‘मेरो भूमिका कम्पनीहरूमा नीतिगत तहमा र अभिभावकको रोलमा हुनेछ,’ चौधरीले भने।

“आफूले संगठनकै राजनीति गर्ने उनले बताएका छन्।/

‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने।”

“उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन्। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको उनले बताएका छन्।””

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host