जनयुद्धका प्रथम शहीद रम्तेलको स्मरण

काठमाडौँ, १४ फागुन (रासस) : नेकपा(माओवादी केन्द्र)ले आज ‘जनयुद्ध’का पहिलो शहीद दिलबहादुर रम्तेलको स्मरण गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

‘शहीद सप्ताह’को पहिलो दिन आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २०५२ साल आजकै दिन गोरखामा मारिनुभएका रम्तेलको तस्वीरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले माल्र्यापण गर्नुभयो । माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।

जनयुद्धका प्रथम शहीद रम्तेलदेखि २०२८ सालमा झापाको सुखानीमा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झनामा शहीद सप्ताह मनाउने गरिएको छ । विसं २०२८ फागुन २१ गते झापाबाट इलाम कारागार सार्ने बहानामा तत्कालीन सरकारले आन्दोलनका अगुवा लाई झापा र इलामको सिमानामा हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host