काठमाडौँ । लामो समयदेखि समाचारमा सक्रिय रहँदै आएको ओएसनेपाल डटकमले ओएसनेपाल म्युजिक अवार्ड २०७५ को आयोजना गर्ने भएको छ ।
जसको फारम चैत्र १ देखि खुल्ने छ । फारम अनलाइनबाट पनि भर्न सकिने ब्यबस्था गरिएको छ । फारम भर्नु अघि यि शर्तहरुलाई भने मुख्य रुपमा पालना गर्नुपर्नेछ
१) अवार्डमा भागलिदा २०७४ साल देखि २०७५ वैशाख १ गते भित्र बजारमा आएका गीत, संगीत हुनु पर्ने छ ।
२) अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ ।
३) यस अर्वाडमा ४६ वटा बिधा रहनेछ । जसमा सहभागीता जनाउन तपाईले कुनै झन्जट उठाउनुपर्ने छैन । देश विदेश जहाँबाट पनि सजिलै फारम भर्न सक्नुहुनेछ ।
