विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा डेउडा गीत

गायक विरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शक स्रोता समक्ष आएका छन् । उनको स्वरमा सुदुरपश्चिमेली डेउडा ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतका साथ दर्शक स्रोता माझ आएका हुन् । डेउडा साहित्यकार पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।

गीतकार खड्काले यसअघि रचेको ‘यो लोटाउनु रांगो’ बोलको गीत सुदूर र मध्यपश्चिममा क्षेत्रमा रुचाइएको डेउडा गीत मध्धेमा पर्दछ । गायक जोहारी र गायिका त्रिपाठीको स्वरमा सजिएको ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।
विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको म्युजिक भिडियोमा करिश्मा ढकाल र राजेश खड्कालाई फिचरिङ्ग गरायका छन् । , हरिश महरा र बिरेन्द्र भाट ‘बिपिन’ को छायांकन तेस्तै बिरेन्द्र भाट ‘बिपिन’ को र दिलिप तमाङको सम्पादन रहेको छ ।

सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु अत्यन्तै मन पराईन्छ । उनले यसअघि ‘मुई डोली चढ्न्या बेला तुई कसो लागला’, हरियाली खेतको बालो’ लगायतका दर्जनौं गीतहरुमा स्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host